काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालले चितवन र बुटवलमा चुनावी सभा गर्दैछ ।
दुवै चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । चितवनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको लागि विजय सुवेदीले प्रमुखमा उम्मेदवारी दिएका छन् । महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल र स्वतन्त्र उम्मेदवारी भएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलबीचको प्रतिस्पर्धालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
त्यस्तै बुटवलमा हुने चुनावी सभालाई भने अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया