नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएर नयाँ पार्टी गठन भएको छ । नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार बास्तोलाको नेतृत्वमा ८१ जनाको महाधिवेशन आयोजक समिति गठन भएको छ । शुक्रबार चितवनमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाबाट नयाँ पार्टी गठनको निर्णयसहित आगामी फागुनमा महाधिवेशन गर्ने तय भएको ती नेताको भनाइ छ ।
राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ ।
नयाँ पार्टीमा विप्लव समूहबाट छुट्टिएर २५ केन्द्रीय सदस्य आफूहरुतिर आएको बास्तोला समूहको दाबी छ । क्रान्ति गर्ने उद्घोषका साथ तत्कालीन माओवादीबाट छुट्टिएर विप्लवले नयाँ अभियान थालेका छन् । तर विप्लव पार्टी विभाजित भएसँगै कमजोर अवस्थामा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया