काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाबिरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन् । तर स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताए । सो विषयमा स्पष्ट पार्दै सहप्रवक्ता अधिकारीले मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकोले त्यो सम्भव नदेखिएको बताए । उनले मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यो सम्भव नदेखिएको बताए । सहप्रवक्ता अधिकारीले मन्त्रालय चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउने कुराहरु कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहको बताए ।
सहप्रवक्ता अधिकारीले भने, ‘मतदान स्थलमै खोप लगाउने कुराको निर्णइ अहिलेसम्म भइसकेको छैन । किनभने मत हाल्ने दिन सबैको ध्यान मतमा हुन्छ । त्यसमा हामीले खोप राख्दा धेरै व्यवस्थापन गर्नुपर्ने हुन्छ । अर्कोकुरा स्वास्थ्यकर्मीहरु नै मतदान केन्द्रमा खटिने भएको हुनाले खोप केन्द्र व्यवस्थापन गर्न अलि चुनौति हुन्छ । हामीले चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउने कुराहरु कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका छौँ । मतदान भन्दा पछिका दिनहरुमा पनि खोप लगाउनु पर्ने व्यक्तिहरु विशेषतः एकमात्रा पनि खोप नलगाएका व्यक्तिहरु, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरु र तेस्रोमात्रा लगाउने बेला भएका व्यक्तिहरुलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने गरी काम गरिरहेका छौँ ।’
सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदान भन्दा पछिका दिनहरुमा पनि खोप लगाउनु पर्ने व्यक्तिहरु विशेषतः एकमात्रा पनि खोप नलगाएका व्यक्तिहरु, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरु र तेस्रोमात्रा लगाउने बेला भएका व्यक्तिहरुलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया