काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विषयमा पहिले सबैले स्वीकार गरे पनि अहिले पार्टीभित्रैबाट विरोध आएको भन्दै असन्तुष्टि जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै पहिले महाधिवेशन, केन्द्रीय कमिटीमा समेत गठबन्धनको विषयमा कसैले आवाज नउठाएको बताउँदै अहिले विरोध भएको बताए ।
‘महाधिवेशनले यो गठबन्धन गर्नुपर्छ भनेर पास गरेको छ । महाधिवेशनमा कसैले पनि त्यसको विरोध गरेन ।’ उनले भने, ‘केन्द्रीय समितिले पनि महाधिवेशन गर्नुहुँदैन भनेर कसैले भनेन । मलाई सम्पूर्ण अधिकार पनि दिएको थियो ।’
त्यसैगरी काठमाडौं महानगरमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन समेत उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया