१ निर्वाचन आउन अब ८ दिन बाँकी, भोलिसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्न निर्देशन
२ सबैतिरबाट गठबन्धन टुटाउने प्रयास भइरहेको प्रधानमन्त्री देउवाको आरोप, एकल प्रयासले मात्रै देश विकास गर्न नसकिने भनाइ
३ आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार, मुद्दा आगामी जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश
४ सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको नेकपा एमाले अध्यक्ष ओलीको भनाइ, रुखलाई हरियो बनाउनका लागि मात्रै निर्वाचन आयोगले उक्त कदम चालेको टिप्पणी
५ देशको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी बन्नुपर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनको जोड, सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै मुलुक र जनताको हित हुने प्रतिक्रिया
६ भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, देश दुर्घटनामा गयो भने गठबन्धनको विरोधीहरूले जवाफ दिनुपर्ने तर्क
७ गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, वर्तमान गठबन्धनलाई स्थानीय तह निर्वाचनपछि पनि लैजानुपर्नेमा जोड
८ वर्तमान गठबन्धन संघीय निर्वाचनसम्म जाने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको दाबी, कांग्रेसलाई २३ बाट ९३ सिटमा पु¥याउनका लागि गठबन्धन गरेको उल्लेख
९ नेपाल र अमेरिकाबीच नयाँ पाँचवर्षे विकास सहायता सम्झौता, अमेरिकाले पाँच वर्षमा नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ विकास सहायता उपलब्ध गराउने
१० साताको अन्तिम कारोबारदिन पनि घट्यो सेयर बजार, ५ कम्पनीको मात्र सेयर मूल्य बढ्यो, लगानीकर्ताको मनोबल झनै खस्किँदै
११ म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा दर्ता, प्रहरी पोसाकको दुरूपयोग गर्नुका साथै लागुऔषध दुव्र्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएको आरोप
१२ अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक, मानवअधिकार उल्लंघनका घटनामा पनि तीव्र वृद्धि भएको तथ्यांक
१३ भारतमा कोरोनाको ग्राफ उकालो लाग्दै, पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७५ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
१४ म्याराडोनाको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी, ९८ दशमलव ९३ मिलियन डलरमा बिक्री, जर्सी किन्ने व्यक्तिको नाम भने गोप्य
१५ पाँचौँ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने, प्रतियोगिताको मिति क्यानद्वारा स्वीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया