‘कांग्रेसलाई २३ बाट ९३ सिटमा पुर्‍याउनका लागि गठबन्धन गरेका हौँ’

लोकपथ
525
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा मात्र नभएर वर्तमान गठबन्धन संघीय निर्वाचनसम्म जाने बताएका छन् ।

आज चितवनको भरतपुर महानगरपालिमा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले एक्लै गएमा निर्वाचनमा पराजय हुने भएकाले निर्वाचनमा मिलेर जानु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यो गठबन्धनका कारण कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पुर्‍याउने समेत बताए ।

‘यो गठबन्धन संसदको चुनावसम्म पनि जान्छ ।’ उनले भने, ‘२३ सिटबाट नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउनका लागि यो गठबन्धन बनेको हो ।’

त्यसैगरी उनले एक्लैले गएमा यसअघिको निर्वाचनहरुमा समेत आफूहरुले राम्रो परिणाम ल्याउने नसकेको बताउँदै मिलेर जानु पर्नेमा समेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?