काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृद्धिसँग भएको टिप्पणी गरेका छन् ।
आज चितवनको भरतपुर महानगरपालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा ओली प्रवृद्धिसँग भएको बताए ।
‘अहिले नेपालमा जुन राजनीतिक चलिरहेको छ । नेपाली कांग्रेसको प्रतिस्पर्धा को सित हो । नेपालीको कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग होइन । नेपाली कांग्रेसको प्रतिस्पर्धी प्रचण्डसँग होइन। नेपाली कांग्रेसको प्रतिस्पर्धा नेकपा एमालेको केपी ओली प्रवृद्धिसँग हो । केपी ओली प्रवृद्धिसँग हाम्रो प्रतिस्पर्धा छ, हाम्रो असहमति छ ।’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरको गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउने समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया