केपी ओलीले लोकतन्त्र खान खोजेपछि हामीले गठबन्धन गर्‍यौँ : राजेन्द्र श्रेष्ठ

लोकपथ
315
Shares

चितवन । सत्तारुढ दल जनता समाजवादीका केन्द्रीय कार्यकारी सदस्य एवं वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले केपी ओलीले संघीयता र लोकतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।

आज गठबन्धनले चितवनको भरतपुर महानगरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले ओलीले लोकतन्त्र र संघीयता मास्न खोजेपछि गठबन्धन बनाइएको समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले संघीयता खान खोजे, लोकतन्त्र खान खोजे । त्यही भएर हामीले गठबन्धन बनायौँ ।’

यसअघि ओलीले विकास र समृद्धीको नारा ल्याएर चुनाव जितेपनि काम गर्न नसकेको टिप्पणी गरे ।

देशभरको दुई तिहाई स्थानमा गठबन्धनको बहुमत अआउने समेत उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?