चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कहिले पनि कांग्रेस बिनाको गठबन्धन सम्भव नहुने बताएका छन् ।
आज चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता भण्डारीले चितवनमा ५ दलीय गठबन्धनले जित्ने समेत विश्वास व्यक्त गरे ।
‘कांग्रेसबिनाको गठबन्धन कहिले पनि सफल भएको छैन । त्यसैले अहिलेको गठबन्धन सफल हुन्छ ।’ नेता भण्डारीले भने ।
त्यसैगरी देशभर गठबन्धनका उम्मेदवारहरुले जितेर विकासको लहर ल्याउने समेत प्रतिबद्धता व्यक्त गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले देशभर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया