काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले कमल थापाको साथ छोडेका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरि कोषाध्यक्षबाट राजिनामा गरेका छन् ।
अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजिनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् । पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजिनामा दिएका थिए ।
गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया