रेणु दाहाल भन्छिन्- ‘५ वर्षमा कास्टिङ देखायौँ, अब फिल्म देखाउँछौँ’

लोकपथ
0
Shares

चितवन । भरतपुर महानगरपालिबाट गठबन्धनको तर्फबाट उम्मेदवार रेणु दाहालले आगामी ५ वर्षमा आफूहरुले समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

आज भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै निवर्तमान मेयर समेत रहेकी दाहालले सो कुरा बताएकी हुन् । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगत ५ वर्षको अवधिमा कास्टिङ मात्रै देखाएको र आगामी ५ वर्षमा पूरै फिल्म देखाउने समेत बताइन् ।

‘५ वर्षमा कास्टिङ हामीले देखाएका छाैँ । आगामी ५ वर्ष हामी पूरै फिल्म देखाउन चाहन्छौँ ।’ उनले भनिन् ।

समग्र ५ वर्षमा महानगरपालिकाले राम्रो काम गर्न सकेको समेत उनको भनाइ छ ।

त्यस्तै भरतपुर महानगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा काम गरेको बताउँदै आफूहरुले काठमाडौं महानगरलाई उज्यालो सहर बनाउने संकल्प रहेको समेत बताइन् ।

‘हामी भरतपुर महानगरपालिकालाई लाईटिङ सिटी बनाउने काम समेत अघि बढेका छौँ’, उनले भनिन् ।

बितेको ५ वर्षमा आफूले सुरु गरेको कामलाई आगामी ५ वर्षको अवधिमा सम्पन्न गर्ने समेत उनको भनाइ रहेको छ ।

उनले आफूले आफ्नो बल बुताले भ्याएसम्मको काम गर्ने कोसिस गरेको बताउँदै पूरा गर्न नसकिएका कामहरु भोलिका दिनमा गर्ने संकल्प रहेको समेत बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?