चुनावी सभामा जितनारायण श्रेष्ठले प्रचण्डलाई भने- ‘फेरि कांग्रेसलाई धोका दिने काम नहोस्’

लोकपथ
1.8k
Shares

चितवन । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका नदिन आग्रह गरेका छन् ।

बिहीबार भरतपुरमा गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै यसअघि पनि गठबन्धन भएको त्यसको तीन महिनापछि माओवादीले कांग्रेसलाई धोका दिएको बताउँदै सो कुरा बताएका हुन् ।

‘आदरणीय पुष्पकमल दाहालाई ज्यूलाई भन्नुपर्छ हाम्रो जस्तो सोझो र सिधा सभापतिले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ । हिजोको जस्तो ढाँट्ने काम धोका दिने काम नहोस् । जे प्रतिबद्धता हामीले ५ वर्ष अगाडी यही आएर गरेका थियौँ । तीन महिनालपछि टुट्यो । हामी भरतपुर महानगरपालिकामा रेणु दाहालगायत सबैलाई विजयी गराउनेछौँ ।’ श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

त्यसैगरी उनले गठबन्धनको विरुद्ध कांग्रेसबाट उम्मेदवार दिएका जगन्नाथ पौडेललाई पार्टीले दिएको निर्देशनलाई स्वीकार गर्दै गठबन्धनलाई सहयोग गर्न समेत आग्रह गरे ।

आफूहरुले गठबन्धनको विषयमा सुरुमा पार्टीको निर्णय विरुद्ध गए पनि पार्टीको निर्देशन अनुसार लागेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?