निर्वाचन सुरक्षाबारे जानकारी लिन राजविराज पुगे गृहमन्त्री

लोकपथ
49
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण निर्वाचन सुरक्षाबारे जानकारी लिन सप्तरीको राजविराज पुगेका छन् । गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुगेका हुन् ।

गृहमन्त्री खाणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिएका छन् ।

यसअघि नै उनले जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?