के-के छन् आज दिनभरका मुख्यमुख्य खबरहरु ? हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
105
Shares

१ स्थानीय तहको निर्वाचन आउन अब ९ दिन बाँकी, सत्तारुढ गठबन्धनसहित अन्य दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त, कांग्रेसले आजबाट सुरु ग-यो चुनावी सभा

२ राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह

३ आईजीपी नियुक्तिविरुद्ध परेको रिटमाथि सर्वोच्चमा आजबाट सुनुवाइ सुरु, मुद्दाको पक्ष–विपक्षमा बहस, बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा

४ स्थानीय तहको निर्वाचनअघि अधिवेशन तथा महाधिवेशन स्थगित गर्न भातृ संगठनहरूलाई कांग्रेसको निर्देशन, निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै कार्यतालिका तय गर्न आग्रह

५ प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी, निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुनलागेको आरोप

६ असन्तुष्ट समूहले नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट विप्लवलाई हटायो, प्रकाण्ड पनि प्रवक्ताबाट निष्काशित

७ शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकतामा रहेको काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहको भनाइ, सुविधासम्पन्न अस्पताल खोलेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रतिबद्धता

८ काभ्रेमा मिनीबससँग टाटासुमो ठोक्किँदा एक बालकसहित पाँच जनाको मृत्यु, दुर्घटनामा परी १८ जना घाइते, धुलिखेल अस्पतालमा घाइतेको उपचार हुँदै

९ पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु, सक्रिय संक्रमित २१७ जना

१० नेपालको आर्थिक वृद्धि सन्तोषजनक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भनाइ, अर्थतन्त्रको बाह्य क्षेत्रमा चुनौती देखिएको प्रतिक्रिया

११ सेयर बजारको ओरालो यात्रामा बुधबार पनि निरन्तरता, नेप्से परिसूचक २२ सयको विन्दुमा झ¥यो, १३ वटै सूचक राताम्य

१२ चीनमा कोरोना संक्रमण फैलिने क्रम रोकिएन, बेइजिङमा दर्जनौं मेट्रो स्टेसन र बसमार्ग बन्द, सांघाई एक महिनादेखि लकडाउनमा

१३ युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, सन् २०२२ सम्ममा परिष्कृत उत्पादनको आयात पनि पूर्णरुपमा प्रतिबन्ध लगाउने तयारी

१४ टी–ट्वान्टी अन्तर्गतको तेस्रो खेलमा जिम्बावे ‘ए’विरुद्ध नेपाल विजयी, टीयू क्रिकेट मैदानमा बुधबार भएको खेलमा जिम्बावे ‘ए’ ८ विकेटले पराजित

१५  राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीसहित ११ खेलाडीको विवादबारे छानबिन गर्न एन्फाले गर्यो कमिटी गठन, एक हप्ताभित्र सत्यतथ्य पत्ता लगाएर एन्फालाई प्रतिवेदन बुझाउने

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?