काठमाडौं ७७ जिल्लावासीको हो, सबैलाई समान व्यवहार हुन्छ : सिर्जना सिंह

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले शिक्षा, स्वास्थ्यमा उचित पहुँचका साथै स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा भएको बताएकी छिन्।

शिक्षक संघको महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा महानगरवासी सबैलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍याउने नै आफ्नो ध्येय रहेको बताइन्।

काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन्।

महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेसले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा समेत साझा उम्मेदवारकाे रूपमा सिंहलाई उठाएकाे छ ।

काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको उनले बताइन्।

अहिलेको नेतृत्वले फोहोर समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको भन्दै सिंहले काठमाडौंलाई फोहोर हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले घर–घरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन्। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिँड्ने वातावरण बनाउने प्रतिबद्धता समेत सिंहले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?