काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पूर्वनिर्धारित रुपमा रहेको विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन तथा महाधिवेशन नगर्न निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचनको आसपासमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशन र अधिवेशनको तयारीमा नलाग्न कांग्रेसले निर्देशन दिएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको सन्दर्भमा अधिवेशन र महाधिवेशन सान्दर्भिक नहुने भन्दै सो निर्देशन दिएका हुन् ।
त्यसैगरी स्थानीय निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन लाग्न समेत आग्रह गरेका छन् ।
‘पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्नुहुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ । साथै, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन सक्रिय रहन पनि यसै विज्ञप्तिमार्फत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार अनुरोध गरिन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया