विराटनगर महानगरमा आज कांग्रेसको चुनावी सभा : देउवासहित यी नेताले गर्दैछन् सम्बोधन

लोकपथ
182
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन्।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै कांग्रस नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

वैशाख २२ गते- चितवनको भरतपुरमा

वैशाख २३ गते- काठमाडौंमा

वैशाख २४ गते- रुपन्देहीको बुटवलमा

वैशाख २४ गते- तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते- कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते- कैलालको धनगढीमा

वैशाख २७ गते- डडेल्धुरामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?