काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुँयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुँयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
राप्रपाका उम्मेदवार फुँयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फुँयालले कांग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दल लगायका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सीमित भएको तर आफूले प्रतिबद्धतापत्र बमोजिम नै जनताको सेवा गर्ने बताए ।
कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट उपेन्द्र कार्की, नेकपा समाजवादीबाट कृष्णहरि थापा, एमालेबाट रामशरण ढुंगाना, राप्रपाबाट राजु फुँयाल, राष्ट्रिय जनमोर्चाबाट सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम शर्मा चापागाईं, टपबहादुर थापा, बरुणकुमार लामा, मनिल फुँयालको मेयरमा उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया