काठमाडौं । स्थानीय तथा प्रदेश र संघीय निर्वाचनमा मत बदर हुने भएपछि निर्वाचन आयोगले मतदाता शिक्षालाई तिब्रता दिँदै आएको छ । मतपत्रमा धेरै चुनाव चिह्न हुने तथा विविध कारणले मत बदर हुने अवस्था सिर्जना भइरहेको छ ।
सो सन्दर्भमा निर्वाचन आयोगले मत बदर हुने अवस्था, मत बदर हुन नदिने उपायबारे जानकारी गराएको छ । सोमबार त्यसबारे पत्र लेख्दै आयोगले सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्र मतदान गरिएको लगायतका अवस्थामा मत बदर हुने जनाएको छ ।
त्यस्तै, निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने उल्लेख गर्दै आयोगले शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगर्न सचेत गराएको छ ।
त्यसैगरी, आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचन प्रभाव पार्ने उद्देश्यले तोडमोड गरीरगराई सामाजिक सञ्जालमा सेयर वा लाइक वा कमेन्ट नगर्न आग्रह गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया