जनकपुरधाम । इस्लाम धर्माबलम्बीहरुले भोलि मंगलबार महान चाड ईदुलफित्र (ईद) मनाउने भएका छन् ।
खाडी मुलुक साउदी, कतार लगायतका देशहरुमा सोमबार नै ईद पर्व मनाउने सूचना सार्वजनिक भएपछि नेपाल, भारत, पाकिस्तान, बंलगादेश लगायतका देशका मुस्लिमहरु मंगलबार मात्रै ईद पर्व मनाउने जनाइएको छ । ३० दिन अर्थात् एक महिना रोजा बस्नु पर्ने इस्लामिक धर्मग्रन्थ कुरान सरिफमा उल्लेख भए अनुसार सोमबार साँझ चन्द्रमा देखिए पनि वा नदेखिए पनि मंगलबार पर्व हुन्छ । कारण ३० वटा रोजा मात्रै बस्नुपर्ने र सोमबार नै रोजा ३० दिन पूरा भएको छ । यस्तोमा मंगलबार यहाँका मुस्लिम समुदायले ईद पर्व मनाउने मौलना अहमद हुसैनले जानकारी दिए ।
ईदमा सवैई (खानेकुरा), खिर तथा अन्य मिठो परिकार खाने पनि गर्ने गरिन्छ । त्यस्तै ईदको दिन परिवारको हरेक सदस्यको लागि नयाँ लुगा कपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमहानगरपलिकाका पूर्व मेयर तथा राजनीतिकर्मी असगर अलिले भने, ‘ईदको नमाज पढ्नु पूर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगा कपडा लगाउनु जरुरी छ तर गरिब, असहायलाई कसैले लत्ता कपडा सहयोग गरिदिन्छ।’
ईदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ (साफासुघर) भई नयाँ कपडामा नजिकका ईद गह चाडपर्वमा (नमाज पढ्ने स्थान) मा गइ नमाज पढ्ने गर्छन् । इर्दको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको टुटि वा रोजालाई शुद्धिकरणका लागि प्रती व्यक्ति २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सबै सदस्यहरुले फित्रराको रुपमा वात्यति बरावरको रकम अनिवार्य रुपमा मदरसा तथा गरिबमा दान गर्नुपर्छ ।
इस्लामिक महिना सवाण समाप्तपछि अर्थात् ३० दिन अघि रमजानको पहिलो चन्द्रमा ९चाँद० मुस्लिम समुदायले देखे पछि रोजा (ब्रत) बस्ने क्रम शुरु भएको थियो । इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रा नम्बरको हो । यसैबीच इर्दको अवसरमा मंगलबार संघीय सरकारले सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया