काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेकाे जनाएकाे छ।
आयोगले सोमबार पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आचारसंहिता उल्लंघन गरेको जानकारी गराएको हो ।
आयोगले ती राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको र उनीहरुबाट जवाफ समेत पाइसकेको बताउँदै सचेत समेत गराइएको जानकारी गराएको छ ।
त्यसैगरी दलहरूले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित कार्य गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरू नगर्न नगराउन आयोगले निर्देशन समेत दिइएको आयोगले जनाएको छ ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरूलाई सचेत गराएको छ । यी दलहरूले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित कार्य गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरू नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया