निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव छैन : अध्यक्ष गोल्छा

लोकपथ
77
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताएका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले अध्याँरोमा राखेर उज्यालो मात्रै नभएर नीजि क्षेत्रलाई हतोत्साही गर्न नहुने बताए।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताए । उनले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताए । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५ खर्ब २९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने अध्यक्ष गोल्छाले बताए ।

उनले मुलुकको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनुपर्ने बताए। मुलुकभित्र नै लगानीको अवसर सिर्जना गरिनु आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाइ छ । उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय बजेटमा खोजी गर्नुपर्ने बताए।

त्यस्तै, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत संकट आएको बताए । उनले अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत प्रसारणलाइन नजोडिएको बताए । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न खोजे पनि किन्न नसकेको अवस्था रहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिए जस्तै यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनु पर्ने माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?