जसपाले टुंग्यायो वीरगञ्जको मेयर र विराटनगरको उपमेयर

लोकपथ
371
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विरगञ्ज महानगरको मेयर र विराटनगर महानगरको उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

जसअनुसार वीरगञ्ज महानगरमा जसपाबाट राजेशमान सिंह र विराटनगरको उपमेयरमा अमरेन्द्र यादव चयन भएका छन् ।

आज पार्टी मुख्यालयमा बसेको जसपाको बैठकले मेयर तथा उपमेयरको टुंगो लगाएको जसपाका नेता प्रदीप यादवले जानकारी दिए ।

गठबन्धनमा आबद्ध दल जसपालाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयरको भागबण्डा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?