टिकट वितरणका लागि कांग्रेसले बनायो समिति

लोकपथ
840
Shares

काठमाडौं । सत्तारढ दल नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा टिकट वितरणका लागि संसदीय समिति बनाएको छ ।

आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

जसमा कांग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको एक नेताले जानकारी दिए ।

उनका अनुसार हालको लागि १४ जना मात्र समितिका सदस्यहरु रहेका छन् । साथै बाँकी सदस्य पछि थपिने बताइएको छ ।

आजको बैठकले आगामी स्थानीय निर्वाचनका लागि महानगरको उम्मेदवार छनोट गर्ने भनिएको थियो । तर अब भने संसदीय समितिले नै टिकट वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?