काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको छ ।
हटौंडाको मेयरमा एकीकृत समाजवादीबाट रोमनाथ भुर्तेल र उपमेयरमा कांग्रेसको तर्फबाट मख कुमारी तिमल्सिनाले उम्मेवारी दर्ता गराएका हुन् ।
मेयरको उम्मेदवार भुर्तेलको प्रस्तावक केदरनाथ दुलाल र समर्थक देवनाथ अधिकारी रहेका छन् । भने उपमेयरको उम्मेदवार तिमल्सिनाको प्रस्तावक बालकृष्ण चौलागाईं र समर्थक अर्जुनप्रसाद न्यौपाने रहेका छन् ।
आइतबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनले ३० वैशाखको निर्वाचनका लागि भागबण्डा मिलाउँदा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेसको भागबण्डा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया