ललितपुरमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन, समाजवादी र जसपा समेटिएनन्

लोकपथ
210
Shares

काठमाडौं । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१) ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

२) गोदावरी नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेपाली कांग्रेस

३) महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली कांग्रेस

४) कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

५) बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

६) महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष: नेकपा माओवादी केन्द्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?