गोरखामा भत्कियो गठबन्धन : कांग्रेस एक्लै चुनाव लड्ने

लोकपथ
70
Shares

काठमाडौं । गोरखामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले एक्लै लड्ने भएको छ ।

गठबन्धनमा आबद्ध अन्य दलहरुसँग सहमति हुन नसकेपछि कांग्रेस गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनमा आबद्ध दलहरुसँग तालमेलको विषयमा सहमति नभएपछि नेपाली कांग्रेस गोरखाले पत्रकार सम्मेलन गर्दै गठबन्धनबाट बाहिरिएको हो ।

आफूहरु गठबन्धन जिवित राख्न चाहे पनि केही नेताहरुको स्वार्थका कारण तालमेलले अन्तिम रुप दिन नसकिएको नेपाली कांग्रेस गोरखाका सभापति न्यौपानेले बताए ।

कांग्रेस गठबन्धनबाट बाहिरिए पनि अन्य दलहरुले भने तालमेल गरेर जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?