महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन कांग्रेस शीर्ष नेताहरुको बैठक जारी

लोकपथ
259
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरको मेयर तथा उपमेयरको उम्मेदवार टुंग्याउनका लागि कांग्रेसको शीर्ष नेताहरुको बैठक बसेको छ ।

गठबन्धनबाट भागमा परेका महानगरमा मेयर र उपमेयरको अन्तिम नामावली टुंग्याउनका लागि पार्टी कार्यालय सानेपामा बैठक जारी रहेको छ ।

बैठकमा काठमाडौं, ललितपुर र विराटनगरमा गठबन्धनबाट कांग्रेसले उम्मेदवार टुंग्याउनेछ । यसअघि शुक्रबार र शनिबार बसेको बैठकले काठमाडौंमा सिर्जना सिंहलाई अघि सार्ने निर्णय गरेको छ भने ललितपुर र विराटनगरको उम्मेदवार टुंग्याउनका लागि छलफल भइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी निर्वाचनमा देशभर उपमेयरको उम्मेदवार पाएका स्थानीय निर्वाचनका लाग उम्मेदवारहरु समेत छनोट हुन सकेको छैन । आजको बैठकले सो विषयमा समेत निर्णय गर्नेछ ।

शीर्ष नेताहरुको बैठकपछि आजै कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नेछ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार (आज र भोलि) का लागि मनोनयनको मिति तोकिएको छ । तर दलहरुले अझै आन्तरिक छलफलमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?