बोलोग्नासँग बराबरीमा रोकियो युभेन्ट्स

लोकपथ
35
Shares

इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।

युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।

खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए ।

खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ ।

गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १-१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १-० अन्तरले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?