माओवादीबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटी सिफारिस

लोकपथ
469
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदूर नगरपालिकाको मेयरमा पार्टीबाट प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र विदूर नगर समितिको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा बोगटीको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

नुवाकोटमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि छलफल चलिरहेको छ। माओवादीले विदूरबाट मेयर सिफारिस गरेपनि भागबण्डाबारे भने टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?