थप २२ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ५ हजार १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् भने नेपालमा हाल निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ५६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?