काठमाडौं । निर्वाचन आयोग नेपालले नेपाली कांगेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।
नेता कोइरालाले गत निर्वाचनमा ६ करोड खर्च भएको कुरा सञ्चारमाध्यममा आएकाले यस सम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेस गर्न भनेको छ ।
केही दिनअघि नेता कोइरालाले बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा ६ करोड खर्च भएको बताएका थिए ।
तर कोइरालाले आयोगमा पेस गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको देखिएको आयोगले जनाएको छ ।
पेस भएको र सार्वजनिक भएको विषय फरक परेपछि आयोगले नेता कोइरालासँग स्प्ष्टीकरण माग गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया