करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । कञ्चनपुर र उदयपुरमा गरी करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो दोधारा चाँदनी नगरपालिका-१० प्रतिभा टोल बस्ने ४५ वर्षीया बाल देबी खड्काको करेन्ट लागेर मृत्यु भएको छ । उनको आफ्नै आँगनमा रहेको मोटर जडान गरेको पानीको नल चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

यस्तै आइतबार दिउँसो नै उदयपुर, रौतामाई गाउँपालिका-४ पोखरी बस्ने २६ वर्षीय प्रताप खड्काको करेन्ट लागेर मृत्यु भएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ दिलैचीस्थित सडकमा ना.३ ख ७०३६ नम्बरको बसका सहचालक खड्का उक्त बसको छतमा चढी झोला झार्ने क्रममा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?