देशका विभिन्न स्थानमा गरी चारजना मृत अवस्थामा फेला

लोकपथ
56
Shares

काठमाडौं । झापा, पर्वत, चितवन र खोटाङमा गरी चारजना मृत अवस्थामा फेला परेका छन् ।

आइतबार झापाको हल्दिबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ३४ वर्षीया सुमित्रा महरा दर्जी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै आइतबार नै पर्वत, मोदी गाउँपालिका-६ रातामाटा गडेउँले खोलामा परिचय नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।

चितवनको ईच्छाकामना गाउँपालिका-४ चुम खोलास्थित त्रिशुली नदीको किनारमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् भने
खोटाङ ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोशी नदीको किनारमा परिचय नखुलेकै करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

घटनाका बारेमामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?