पानीमा डुबेर दुई जनाको मृत्यु

लोकपथ
77
Shares
Helping adult hand reaching child hand drowning in water concept for water rescue safety

काठमाडौं । सप्तरी र रौतहटमा गरी पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

विष्णुपुर गाउँपालिका-२ सिमराहा बस्ने ईन्द्र देव यादवका छोरा ८ वर्षीय देव राज यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हाे ।

आफ्नै घरनजिकै रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको उपचारका लागि गजेन्द्र नारायण सिहं अस्पताल राजविराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती खोलामा नुहाउने क्रममा डुबेर सिन्धुली रांकेचुली बस्ने धन बहादुर गोलेकी ५ वर्षीया छोरी कंचन गोलेको आइतबार दिउँसो मृत्यु भएको छ । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?