काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयले मानिसको मन जितेकी छिन् । सोही क्रममा उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर आफ्नो अन्य प्रतिभा पनि मानिसलाई देखाएकी छिन् । जसलाई देखेर सबैले उनको तारिफ गरिरहेका छन् ।
दीपिकाले १२ वर्षको उमेरमा लेखेको कविता सेयर गरेकी छिन् । दीपिका पादुकोणले १२ वर्षको उमेरमा पहिलो कविता लेखेकी थिइन् । त्यसबेला विद्यालयका सबै बालबालिकालाई कविता लेख्न दुई शब्द दिइन्थ्यो । धेरै वर्षपछि दीपिकाले आफ्नो कविता सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनको यो कवितालाई फ्यानहरुले निकै मन पराइरहेका छन् र उनको यो पोस्टलाई फ्यानहरुले सेयर पनि गरिरहेका छन् ।
इन्स्टाग्राममा पोष्ट शेयर गर्दै दीपिका पादुकोणले लेखेकी छिन्, ‘कविता लेख्ने मेरो पहिलो र अन्तिम प्रयास । त्यो कक्षा ७ थियो र म १२ वर्षको थिएँ। कविताको शिर्षक थियो ‘म हुँ’ ।’
दीपिकाको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै शाहरुख खानसँग फिल्म ‘पठान’ मा देखिनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया