काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले आगामी स्थानीय निर्वाचनका लागि वैशाख ८ गतेसम्म उम्मेदवारहरुको नामवली टुंग्याउने भएको छ ।
चैत २६ र २७ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार चैत ३० गतेसम्म उम्मेदवार सिफारिस गर्ने, पालिका कमिटीले वैशाख २ गतेभित्र निर्णय गर्नुपर्नेछ भने जिल्ला कमिटीले वैशाख ४ गतेभित्र सिफारिस र निर्णय गरिसक्नुपर्ने बताइएको छ ।
साथै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र सिफारिस र निर्णय गरिसक्नुपर्ने र केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्नुपर्ने बताइएको छ ।
आगामी निर्वाचनका लागि एकीकृत समाजवादीले तयारीस्वरुप ८ मापदण्डहरु निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया