काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १५५ परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ सय ३७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोरोना संक्रमण मुक्त हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।
केही हप्ता यता नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया