काठमाडौं । नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।
शुक्रबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन निकट घिमिरेसहित प्यालन नै विजयी भएका हुन् ।
उनले नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमती अधिकारीलाई अध्यक्षमा पराजित गरेका हुन् ।
त्यसैगरी बारको महासचिवमा गठबन्धनकी उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा पनि गठबन्धनकै भरतबहादुर राउत विजयी भएको डिएलएका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलल लोकपथलाई जानकारी दिए ।
२५ सदस्यीय रहने बारको कार्यसमितिका ला ि७ हजार ४ सय २९ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि चैत १९ गते निर्वाचन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया