राजपा संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौं । राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । 

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए। 

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । 

यद्यपी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सहमतिको आधारमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?