काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढेको छ ।
केन्द्रमा सरकारको नेतृत्व गरिरहेको कांग्रेससहितका दलहरु आगामी निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । भने एमाले पनि अन्य राजनीतिकहरुसँग गठबन्धन गर्ने तयारीमा जुटेको छ ।
केन्द्रको निर्देशन अनुसार देशभर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर जानका लागि तयारी थालेका छन् ।
सो क्रममा सिन्धुलीमा पनि गठबन्धन गरेर अघि बढ्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् । जिल्लाको तीनपाटन गाउँपालिकाले भने आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय नै गरिसकेको छ । बुधबार बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले सो निर्णय गरेको कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेको कांग्रेस युवा नेता मुकेश घिमिरेले जानकारी दिए ।
नेपाली कांग्रेस तीनपाटनका सभापति सोम प्रसाद घिमिरे, माओवादी केन्द्र तीनपाटनका अध्यक्ष आनन्द बहादुर कार्की र एकीकृत समाजवादी तीनपाटनका अध्यक्ष पुन बहादुर मश्राङ्गीसहितको बैठकले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको घिमिरेले बताए ।
उनका अनुसार सर्वसहमतीमा नै उक्त निर्णय भएको र जनताको चाहना अनुसार गठबन्धनले उम्मेदवार छनोट गर्नेछ ।
त्यस्तै तीनपाटनमा हाल अल्पमतमा रहेको कांग्रेस नेतृत्वको सरकार छिट्टै गठबन्धन दल सम्मिलित भएर बहुमतमा रुपान्तरण हुनेमा जोड दिए । साथै आगामी स्थानीय तहमा मात्रै नभएर संघीय र प्रदेशको निर्वाचनमा समेत उक्त गठबन्धन कायम रहने उनको दाबी रहेको छ । ‘तीनपाटनमा अल्पमतको कांग्रेसको सरकार छिट्टै गठबन्धन सम्मिलित बहुमतको सरकारमा रुपान्तरण हुनेछ । यो गठबन्धनको यात्रा आगामी संघीय र प्रदेशको निर्वाचन सम्म जाने कुरामा कुनै दुविधा छैन।’ उनले भने ।
गठबन्धनका बारेमा जानकारी दिँदै नेता घिमिरेले तीनपाटनमा गरिएको तालमेल अग्रगमन र प्रतिगमनबीचको लढाँइ भएको बताए । साथै नेकपा एमालेले बेला बेला संविधानमाथि धावा बोलेकाले त्यसलाई परास्त गर्नका लागि समेत गठबन्धन आवश्यक रहेको उनको भनाइ रहेको छ ।
‘यो गठबन्धन अग्रगमन र प्रतिगमनबीचको लडाईँ हो । लोकतान्त्रिक व्यवस्था र यो व्यवस्था विरोधीबीचको लडाइँ हो । केपी ओली प्रतिगमनका नाइके मात्र होइन हिजो यो व्यवस्था कै घाँटी रेट्न लागिपरेका नेता हुन्। एमालेलाई परास्त नगरे देश र संविधान पराजित हुने खतरा भएकाले यो गठबन्धन आजको आवश्यकता हो । हाम्रो गठबन्धन चुनाव जित्न मात्र कदापि होइन देश जिताउनको लागि हो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया