पूर्वगभर्नर नेपाल भन्छन् : ‘नेपाल श्रीलंकाजस्तो आर्थिक संकटमा जाँदैन’

लोकपथ
1.2k
Shares

बुटवल । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्वगभर्नर चिरञ्जिवी नेपालले बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोनो संक्रमणपश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको र जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको बेला लगानी गर्नु अस्वभनीय हुन गएको बताए ।

उनले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सञ्चितीकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनुपर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधै ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भिर रुपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

उनले भने, ‘श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दाबी गर्दै, सरकारले रेमिटान्स बढाउने बारेमा लागेको मैले देखेको छु । केही महिना भित्र रेमिट्यान्स बढ्छ। अहिले नै नेपाल, श्रीलंकाजस्तै स्थितिमा पुग्छ भनेर आत्तिनुपर्ने अवस्था छैन ।’ त्यस्तै अब, आयतमा भन्दा निर्यातलाई जोड दिँदै, स्थानीय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताए ।

एमसीसी परियोजनाले नेपालमा आर्थिक मन्दी सुरु भएको हो भन्ने, हल्ला छ त ? भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा पूर्वगभर्नर नेपालले एमसीसीले आर्थिकमन्दी भएको हो भन्ने कुरा सत्य नभएको भन्दै भ्रम भएको समेत स्पष्ट पारे । उनले, नेपालको आर्थिक अवस्थालाई एमसीसीले कुनै असर नगरेको जिकिर गर्दै, विकासलाई थप टेवा पुर्‍याउने बताए ।

त्यस्तै सो क्रममा तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एवं अर्थशास्त्री डा. रामचन्द्र आचार्यले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले (इकोनोमिक डेप्पोमेसी) बारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा सञ्चिती नहुनु, उत्पादन घट्नु र आयात बढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर वन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै, समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिँदै, श्रीलंकाको जस्तै स्थिति नेपालको पनि नहोला भन्न नसकिने बताए ।

साक्षात्कार कार्यक्रममा वरिष्ठ पत्रकार तथा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले बजारमा आर्थिकमन्दीको चरम संकट पैदा भएको भन्दै, नेपाली मुद्रा कहाँ गइरहेको छ ? किन संकट पैदा भयो ? यस विषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए । जसका कारण सामान्य लगानी समेत बैंकहरुले गर्न नसकेको अवस्थामा यस्तै अवस्था रहिरहे मुलुक ठूलो आर्थिक संकटमा जाने जिकिर गरे ।

उनले, नेपालका अर्थशास्त्रीहरुले यो समस्यालाई समाधान गर्न तर्फ के गरिरहेका छन् ? भन्दै श्रीलंकाको जस्तै नियती नेपालले भोग्नबाट बचाउन जिम्मेवार निकाय र सरोकारवालाले कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?