भुवन केसी काठमाडौंको मेयरमा उम्मेदवारी दिने

लोकपथ
315
Shares

काठमाडौं । नायक भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले उनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । केही अघि उनी राप्रपामा जाने चर्चा समेत चलेको थियो ।

स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका महान नायक भुवन के सी ज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ’, बैठकपछि नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै उपमेयर पदमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?