काठमाडौं । ‘घाँसी दरिद्र घरको तर बृद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्तको जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ ।
नेपाल, नेपालीलाई नेपाली भाषाको माध्यामबाट एकिकृत गर्न आदिकवि भानुभक्त आचार्यको महत्वपूर्णा ‘देन’ रहेको छ ।
विक्रम सम्वत १८७१ साल असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा आचार्य ब्राह्मण परिवारमा जन्मनु भएका आदिकवि भानुभक्त आचार्यले ऋषि बाल्मीकिद्धारा संस्कृत भाषामा लिखित रामायणलाई नेपाली भाषामा अनुवाद गरी आम नेपालीको घर–घर र जनजीब्रोसम्म पु¥याएका छन् ।
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्य विकासको प्रथमकालका पथप्रदर्शक कवि हुन । उनले नै नेपाली साहित्य लेखनको श्री गणेशायनमः गरेका थिए । प्रश्नोत्तरी–१९१०, भक्तिमाला–१९१०, बधुशिक्षा–१९१९ लगायतका कृतिहरु लेखेर नेपाली साहित्यको जग बसालेका हुन ।
साहित्यकार तथा लेखक डिल्लीराम मिश्रद्धारा लिखित पुस्तकहरुमा आदिकवि भानुभक्तले संस्कृत भाषामा लिखित रामायणको अनुवाद गर्ने प्रेरणा घाँसीबाट प्राप्त गरेका थिए ।
एउटा घाँसीले घाँस विक्री गरेर कुवा निर्माण गर्ने सपना सुनाएपछि आदिकवि भानुभक्तले आफूले पनि केही गर्ने अठोट गरेका थिए ।
त्यही अठोटमा साथ उनले वाल्मीकि रामायाण नेपाली भाषा अनुवाद गरेका हुन । आदिकवि भानुभक्तको सम्मानमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आदिकवि भानुभक्तको सालिकमा माल्यार्णपण तथा साहित्य जमघट कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तैं, दरवार हाइस्कुलले पनि भानु जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विद्यालय परिसरमा रहेको सालिकमा माल्याणपण गरिएको छ ।
भानु जयन्तीकै अवसरमा आजै राष्ट्रिय नाचघर जमलमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विशेष साहित्य कार्यक्रम तथा कविता बाचन आयोजना गरिएको छ । एक लाख नगद राशी रहेको भानु पुरस्कार पनि प्रदान गरिने छ ।
साहित्यकार नरेन्द्र प्रसाईका अनुसार, भानुभक्तलाई आदिकवि भानुभक्त र कविका रुपमा चिनाउन युगकवि मोतिराम भट्टको महत्वपूर्ण योगदान रह्यो । युगकवि मोतिराम भट्टले नै पहिलो पटक भानुभक्तलाई आदिकवि भनेर चिनाएका थिए ।
चुँदी रम्घा, सेतीघाट तनहुँमा बुबा धनञ्जय आचार्य र आमा धर्मावतीदेवीको पुत्रको रुपमा जन्मीएका आदिकवि भानुभक्तले शिक्षा भने बाजे श्रीकृष्ण आचार्यबाट पाएका थिए ।
तनहुँक्षेत्रका मूर्धन्य पण्डित बाजे श्रीकृष्णले नै नाति आदिकवि भानुभक्तलाई कवितामा नै बोल्न र कवितामा नै गाँउन सिकाएका थिए ।
नेपाली साहित्य बाङ्मयका आधारस्तम्भ आदिकवि भानुभक्तको फोटो तथा सालिकमा माल्यार्ण तथा विभिन्न साहित्यिक रचनात्मक कार्यक्रम गरी जन्मजयन्ती मनाइदै आएको छ । भानुजयन्ती नेपालमात्र नभई भारतमा समेत विशेष कार्यक्रमको आयोजना गरि मनाइने गरेको छ ।
घाँसी कविताबाट–
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
वर्तमान नेपाल र आदिकवि भाुभक्तको योगदान
पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइ दिएपछि आजसम्म जसले जति लेखे पनि कुरा राष्ट्रिय एकताकै हो ।
यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा ’आधुनिक नेपालका पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य । ’ जस्ता भनाइ दोहोर्याउनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन ।
भानुभक्त नेपाली वाङ्मयकै विराट पुरुष हुन् । नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ । पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन् ।
भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन् । त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ ।
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ ।
भानुभक्तका योगदानको स्मरणसगै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया