धादिङ ।भूकम्पले भत्काएर भग्नावशेष बनेको घर । छेउमै धुजाधुजा भएको त्रिपाल, निगालोको मान्द्रो र प्वाल परेका जस्ताले बेरिएको जीर्ण अस्थायी टहरा । यत्रतत्र छरिएका घरायसी सामग्री । रुबीभ्याली गाउँपालिका–३ धादिङका ७३ वर्षीय पर्मेन तामाङको बसोबासस्थल हो यो । २०७२ वैशाखयता उनको दैनिकी अस्थायी टहरामा अभाव र समस्यासँग पौंठेजोरी खेल्दैमा बितिरहेको छ ।
घर बनाउन सरकारले दिने अनुदान रकम कुरेर बसेका तामाङ भूकम्पले बचेको २ मुठी सास यही टहरामा जानेमा चिन्तित छन् । श्रीमतीको निधन भएको १० वर्ष पुग्न लागेको छ । उनी भन्छन्, ‘दुई छोरी थियो विवाह गरेर गइहाले एक्लो मान्छे अब त गरेर खान पनि सक्दिनँ ।’
हालैको भेटमा आँखा रसिलो पार्दै उनले भने, ‘न काल आयो न बाँच्ने ताल आयो ।’ उनी दोहो¥याउँदै सोध्छन्, ‘घर बनाउने पैसा अरूले चाहिँ पाउने मैले किन नपाउने ?’ उनलाई लागेको छ, आफूले भूकम्पपीडितको अनुदान नपाउनुमा कि इन्जिनियरको बदमासी हुनुप¥यो कि सरकारले नै पक्षपात गरेको छ । ‘भोट माग्नेबेला नेताले केके आस देखाए, जितेपछि मुख देखाउँदैनन्, लामो सास तान्दै भन्छन्, ‘अब त बुढेसकाल लागिहाल्यो दुखीलाई दुःखले नै लखेट्ने रहेछ ।’
सेर्तुङकै ६६ वर्षीया चेसङ तामाङ पनि अस्थायी टहरामै छिन् । भूकम्पपछि गाउँमा आएका इन्जिनियरले पटकपटक भत्किएको घरको फोटो र आफ्नो विवरण लगेको उनी सुनाउँछिन् । ‘तर, खै गाउँमा थोरैको मात्र नाम आयो मैले गुनासो पनि गरें तर मेरो नामै निस्केन,’ उनी भन्छिन् ।
उनलाई आचकल जसले पनि घर कहिले बनाउने भनेर सोध्छन् । ‘सधैं टहराकै बास होलाजस्तो छ, दिन्छु भनेपछि त सरकारले दिनुपर्ने हो,’ आश लाग्दो भावमा उनले सुनाइन्, ‘उत्तर भए पो दिनु ।’राजधानी दैनिकमा विस्तृत खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया