अपराजित रहँदै नेपालले चुम्यो त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

लोकपथ
2.7k
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले पीएनजीलाई अल आउट गर्दै ५० रनले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नेपाल जारी सिरिजमा अपराजित रहँदै उपाधि चुमेको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनी टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोडे ।

यस्तै, कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?