सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जनाको मृत्यु

लोकपथ
140
Shares

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जनाको ज्यान गएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा रहेको खाजा पसलमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका छन् । उनीहरु सबै ११ वर्षमुनिका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?