देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

लोकपथ
63
Shares

काठमाडौं । देशका विभिन्न स्थानहरुमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-७ बस्ने ५८ वर्षीया गोमा माया परियार सोही ठाउँस्थित लिखु नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-१० दथैया बस्ने केशब सिंह ठकुरीको छोरा १५ वर्षीय बिजय सिंह ठकुरी सोही ठाउँस्थित जुरपानी नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने लालु मुखियाको छोरा ५ वर्षीय निरज कुमार मुखिया सोही ठाउँस्थित डिहबार थान पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी काभ्रेपलाञ्चोक, पाचँखाल नगरपालिका-१३ शेराबेसीस्थित सुनकोशी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?