शान्तिसुरक्षा खलबलाउन खोज्नेलाई सरकारले छाड्दैन : मन्त्री खाँण

लोकपथ
0
Shares

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले सरकारको प्रमुख दायित्व भनेको शान्तिसुरक्षा र सुशासन कायम गर्नु भएको बताएका छन् ।

दलहरूले शान्तिपूर्वक रूपमा गर्ने सभा सम्मेलनमा अवरोध पुर्‍याउने कोही कसैलाई सरकारले नछाड्ने उनले चेतावनी दिए ।

नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको आमसभामा मन्त्री खाँणले स्थानीय निर्वाचनमा सरकारमा सहभागी दलहरूबीच गठबन्धन हुने भन्दै त्यसैअनुरुपको तयारीको साथ अगाडि बढ्न सबै गठबन्धन दललाई आग्रहसमेत गरे ।

चुनाव नजिकिँदै गर्दा राजनैतिक दलहरूले एक अर्कामाथि विभिन्न खाले अवरोध गरेर शान्तिसुरक्षा खलबल्याउन सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने जो सुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने उनले बताए ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता गरेर नेपालमा विदेशी सेना आउने भनेर भ्रम फैलाउने गरेको भन्दै उनले सम्झौतापछि सेना आउने नभई बिजुली उत्पादनमा वृद्ध भई विकास निर्माणमा सहयोग पुग्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?