संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।
नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् ।
दूतावासका बारेमा आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा लेखेकै आधारमा दूतावासले नै पत्रकार पाण्डेलाई थुनाउनु दूतावासको गैरजिम्मेवार भूमिका भएको प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासङ्घ युएई शाखाका पूर्वअध्यक्ष भूपराज बस्यालले बताए ।
पत्रकार पाण्डेलाई विदेशी भूमिमा थुनाउन दूतावासका अधिकारीहरूले नै भूमिका खेलेको प्रमाणहरू आफूहरूलाई प्राप्त भएको दाबी गर्दै उनले त्यसमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग पनि आफूहरूको रहेको उल्लेख गरे ।
विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूताबाटै आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न हुनु विश्वभरका सबै प्रवासीका लागि डर लाग्दो विषय भएको सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका महासचिव जीवन भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया